सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न

सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पौष २१ गते शनिबार सहकारी सदस्य सम्बन्ध बिकास तालिम सम्पन्न गरेको छ । सहकारीमा सदस्यसंगको सम्बन्ध सुमधुर र बलियो बनाउने दक्षता बिकास गर्ने उद्धेश्यका साथ चण्डेश्वरी साकोसका सम्पुर्ण कर्मचारीहरु लाई सो तालिम प्रदान गरेको हो । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैङ्क लि. का तालिम अधिकृत श्री राज कुमार बरालज्युले गर्नु भएको थियो । तालिमको उद्घाटन समारोहको अध्यक्षता संस्थाको सचिब श्री बुद्धरत्न मानन्धरज्यूले गर्नु भएको थियो । संस्थाको सल्लाहकार श्री बालभक्त प्रधान, तालिम संयोजक जितेन्द्र भक्त पोटे ज्यूको उपस्थीतिमा तालिमको प्रशिक्षक ज्युलाई मार्कर हस्तान्तर गरि तालिम उदघाट्न भएको थियो । तालिममा सिकेका कुराहरुलाई संस्थामा उतार्नुपर्ने र हरदम संस्थाको हितकोलागी लागी पर्नु पर्ने भन्दै संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूले बताउनु भउको थियो । संस्थाको अध्यक्षको अध्यक्षतामा तालिम कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।